७ जेठ, काठमाण्डौ । माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबलकारबाट टिकट काट्दा बिलमा १० प्रतिशत सम्म छुट पाउनेछन् । उक्त केबलकार सुविधा पोखराको सेदीबगरदेखि सारङकोटसम्म रहेको छ ।
बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी केबलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।