२८ वैशाख, काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले ५ लाख कित्ता आइपिओ जेठ १० गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। यस आइपिओमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
यस आइपिओमा लगानीकर्ताले जेठ २४ गतेसम्म आवेदन दिन पाउनेछन्।