Sunday, December 10, 2023
Homeमुख्य समाचारअमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने छ : प्रेम सुवाल

अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने छ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने विषय उल्लेख रहेको दाबी गरेका छन् ।

बुधबार कानुन मन्त्रालयका लागि विनियिोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि सांसद सुवालले प्रतिप्रश्न गर्दै यस्तो दाबी गरेका हुन् ।

‘एसपीपीमा अमेरिका सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने र बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने, गाडीसँगै हजाइजहाज पनि ल्याउने भनिएको छ,’ सुवालले भने, ‘देश विक्री भन्नुको अर्थ कसैले उठाएर लाने होइन । सरकारमा गएका पार्टी र नेताहरुलाई हातमा लिएर शासन गर्ने हो ।’

रुस पन्ध्र टुक्रामा विभाजित भएको विषय किन बुझ पचाइएको भन्ने उनको प्रश्न छ । भन्छन्, ‘सत्तालोलुप नेताहरुकै कारण रुसमा पुजीँवादका पुनस्थापना भएको र देश पन्ध्र टुक्रा भएको किन बुझ पचाउनुभयो ?’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments