Friday, April 19, 2024
Homeअर्थतन्त्रआइतबार बैंक पनि बन्द गर्न राष्ट्र बैंकको निर्देशन

आइतबार बैंक पनि बन्द गर्न राष्ट्र बैंकको निर्देशन

२८ वैशाख, काठमाण्डौ । जेठदेखि आइतबार पनि बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै उक्त दिन बैंक तथा वित्तीय संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

अब जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ । आइतबार बिदा हुने भएपछि बाँकी सबै दिनको कार्यालय समय भने बढाइएको छ । जसअनुसार सोमबारदेखि मंगलबारसम्म बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म कार्यालय समय हुनेछ । तर, कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९:३० देखि साँझ ४:३० सम्म हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments