Thursday, April 11, 2024
Homeमुख्य समाचारइजरायलले बनाउँदैछ दुनियाँकै महँगो २० करोडको मास्क !

इजरायलले बनाउँदैछ दुनियाँकै महँगो २० करोडको मास्क !

दुनियाँमा जारी कोरोना भाइरस महामारीले विश्वलाई नै तहसनहस बनाइरहँदा भाइरसविरुद्धको खोपको अन्वेषण चलिरहेको छ ।

कोरोना भाइरसविरुद्धको खोप कहिले पत्ता लाग्ने हो टुंगो छैन । तर यहीँ मौकामा इजरायलले चाहिँ करोडौँ मूल्य पर्ने दुनियाँकै महँगो मास्क बनाउँदैछ ।

इजरायलको एक गहना कम्पनीले हिरा तथा सुनजडित कोरोना भाइरस मास्क बनाउन लागेको हो, जसको मूल्य १५ लाख डलर अर्थात् झण्डै २० करोड रुपैयाँ पर्नेछ । तयार भएसँगै यो मास्क विश्वकै महंगो मास्क बन्नेछ ।

यो मास्कमा १८ क्यारेटको सेतो सुनका साथै ३६ सय वटा सेतो तथा कालो हिरा प्रयोग प्रयोग गरिनेछ । एन ९९ फिल्टर सहितको उक्त मास्कको डिजाइन आइज्याक लेभीले गरेका हुन् । ग्राहकको माग बमोजिम एविल कम्पनीले सो मास्क डिजाइन गरी बनाइरहेको छ ।

कम्पनीमा यस्तै मास्कका अरु दुईवटा समेत अर्डर आएको र यो वर्षको अन्त्य सम्ममा मास्क तयार पारिसकिने लेभी बताउँछन् ।

कम्पनीका मालिकसमेत रहेका लेभीका अनुसार त्योसँगै उक्त मास्कले विश्वको सर्वाधिक महँगो मास्कको रुपमा कीर्तिमान कायम गर्नेछ ।

२० करोड रुपैयाँ पर्ने उक्त मास्कका ग्राहकको नाम कम्पनीले खुलाएको छैन । तर ती ग्राहक अमेरिकामा बसोबास गर्ने चिनियाँ नागरिक रहेको कम्पनीको भनाइ छ ।

हफिङटनपोष्ट बाट

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments