Thursday, June 8, 2023
Homeसमाचारइन्धनमा मूल्य बढाएर करोडौं घोटाला गरियो : एमाले सचिव अर्याल

इन्धनमा मूल्य बढाएर करोडौं घोटाला गरियो : एमाले सचिव अर्याल

नेकपा एमालेले पेट्रोल पम्पमा अघिल्लो दिन पेट्रोल र डिजल भरेर भोलिपल्ट मूल्यवृद्धि गर्ने गरिएको भन्दै आपत्ति जनाएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचिव पद्मा अर्यालले आइतबार दिउँसो सबै पेट्रोल पम्पमा पेट्रोल र डिजल पठाएर राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएर करोडौंको चलखेल गरेको आरोप लगाएकी हुन् ।

एक पटक पेट्रोल पम्पमा भरेको इन्धनले तीन दिनको माग धान्ने भन्दै उनले स्टक क्लियर नगरी मूल्यवृद्धि गरेर करोडौं घोटाला गरेको जिकिर गरिन् ।

उनका अनुसार आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजल स्टक थियो । तर आइतबार रातिदेखि मूल्यवृद्धि गर्दा व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार नाफा हुने अर्यालले बताइन् । उनले यो रकम सीमित व्यक्तिको खल्तीमा मात्र गएको छ कि मन्त्रीको भागमा पनि परेको छ भनी प्रश्न गरेकी छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments