Saturday, March 23, 2024
Homeअर्थतन्त्रउपत्यकामा बैंकहरु खुल्न सकेनन्, प्रहरीले कर्मचारीलाई बाटैमा रोक्यो

उपत्यकामा बैंकहरु खुल्न सकेनन्, प्रहरीले कर्मचारीलाई बाटैमा रोक्यो

काठमाडौं : सहमति विपरित प्रहरीले बैंकका कर्मचारीलाई बाटैमा रोकेपछि बैंकर्स संघले उपत्यकाभित्रका बैंकका सबै शाखा बन्द गर्ने निर्णय गरेको छ । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगानाले आज बिहीबार बैंक नखोल्ने निर्णय गरिएको बताए । उनले भने, ‘प्रहरीले बैंकका कर्मचारीलाई दुःख दिएर बाटोमा नै रोकेको छ । कार्यालय हिँडेका कर्मचारी बाटोमै रोकिएकाले आज उपत्यकाको बैंक शाखा नखोल्न भनिएको हो ।’

प्रशासनले लिने निर्णयको आधारमा अब बाँकी दिन निषेधाज्ञामा बैंक खुल्ने कि नखुल्ने भनेर फेरि निर्णय गरिने उनले नेपाली पैसालाई बताए । बुधबार रातिबाट सुरु भएको निषेधाज्ञामा यसअघि अत्यावश्यकीय सेवाभित्र पर्ने बैंक तथा वित्तीय संस्था खोल्न दिने स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच सहमति भएको थियो ।

त्यस विपरित स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले आज बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बाटैमा रोकेका छन् । कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृतहरु पनि बाटैमा रोकिएको बताइएको छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments