Monday, August 15, 2022
Homeअर्थतन्त्रएकैपटक ७ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा कारोबार हुदै ?

एकैपटक ७ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा कारोबार हुदै ?

२७ वैशाख, काठमाण्डौ । मंगलबार सुन-चाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यो अघिल्लो दिनको तुलनामा सात सय रूपैयाँ कम हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९८ हजार सात रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments