Thursday, June 8, 2023
Homeसमाचारएनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा

एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा

२९ साउन, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चौथो पुस्ता (फोरजी)को मोबाइल सेवा फोरजी/लङ टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुने गरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ। अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जिबी डेटा भोलुम बन्डल सहितको एक विषेश सिम कार्ड भएको कम्पनीले जनाएको छ।

वाइफाइ सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले यो सेवाअन्तर्गत दुई वटा सिम पाउँछन्। जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रूपमा पाइने एनसेलले जनाएको छ। आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments