१६ चैत, काठमाण्डौ । कतारमा आगमी नोभेम्बर २१ देखि हुने फिफा विश्वकपका लागि अहिलेसम्म २७वटा देश छनोट भइसकेका छन् । ३२ टिम को सहभागिता हुनेमा २७ टिमको छनोट भइसकेको हो ।
जसमा जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोयसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टीना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरब, इक्वेडर, उरुग्वे, क्यानाडा, घाना, सेनेगल, पोर्चुगल, पोल्यान्ड, ट्यूनिसिया, मोरक्को र क्यामरुन रहेका छन् ।
बाँकी ५ टिमको टुंगो भने जुनसम्म लाग्ने बताइएको छ ।