काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि दैनिक उपभोग्य वस्तुहरु किनमेल गर्न छुट गर्ने निर्णय भएको छ । उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आकस्मिक बसेको बैठककले निश्चित समय निर्धारण गरेर दैनिक उपभोग्य वस्तु किनबेच गर्न छुट दिइने निर्णय गरेको हो ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारीका पसलहरु खोल्न दिने निर्णय गरेको छ । यो समय भित्र किराना पसल, दूध डेरी, तरकारी पसल, मासु पसल संचालन गर्न पाइने निर्ण भएको बिज्ञप्तिमा जनाइएको छ । तर यी क्रियाकलाप गर्दा अनिवार्य रूपमा सामाजिक दुररी कायम गर्दै मास्क सेनिटाइजर प्रयोग गर्नुपर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्ड पूरारूपमा पालना गर्नु पर्नेछ
त्यस्तै पानी, स्वास्थ्य सामग्री र औषधि निर्वाध रुपमा जुनैपनि समय किनबेच तथा ढुवानी गर्न सकिने बताइएको छ । काठमाडौं उपत्यकामा सरकारले भदौ ५ गतेदेखि १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।
यसअघि निषेधाज्ञा कार्यन्वयन गर्न भन्दै प्रहरीले बिहान ७ बजेदेखि पसल बन्द गर्ने गरेको प्रति सर्वसाधारणले गुनसो गरेका थिए ।