२३ चैत, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको टेकू स्थित वातावरण तथा कृषि विभागले विभिन्न क्षेत्रका विज्ञहरूको माग गरेको छ । आज सार्वजनिक सूचना निकालेर महानगरपालिकाले विभिन्न ३२ विषयमा विज्ञ माग गरेको हो ।
महानगरको वातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञको सूचीतयार पार्ने निर्णय अनुसार विभिन्न क्षेत्रका विज्ञ माग गरिएको हो ।
१५ दिनभित्रमा इच्छुकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
