Monday, May 13, 2024
Homeरोजगारकोरिया जान इच्छुकका लागि भाषा परिक्षाको आवेदन खुल्ला

कोरिया जान इच्छुकका लागि भाषा परिक्षाको आवेदन खुल्ला

३० फागुन, काठमाडौँ । कोरियन भाषा परीक्षाको लागि आउँदो चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता गर्न पाइने भएको छ । कोरियामा गएर काम गर्न इच्छुक नेपालीका लागि ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाउन लागेको हो । जसअनुसार कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुने गरी तालिका सार्वजनिक भएको छ ।

कृषि तथा पशुपालन क्षेत्रको लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।

यस्तै उत्पादन क्षेत्रको लागि पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म भाषा परीक्षा हुने ईपीएस शाखाले जनाएको छ ।

यस्तै सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म र दोस्रो चरणमा जेठ २४ गतेदेखि असार १६ गतेसम्म मिति तोकिएको छ ।

उत्पादन क्षेत्रको सिप परीक्षण पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गते सम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म हुनेछ । १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments