Saturday, September 23, 2023
Homeअन्तर्राष्ट्रियगृहकार्य नगरेको भन्दै छ वर्षीया बालिकालाई डोरीले बाँधेर चर्को घाममुनि छोडेको भिडियो...

गृहकार्य नगरेको भन्दै छ वर्षीया बालिकालाई डोरीले बाँधेर चर्को घाममुनि छोडेको भिडियो भाइरल

भारत । उत्तरपूर्वी दिल्लीको खजुरी क्षेत्रमा गृहकार्य नगरेको सजायको रूपमा छ वर्षीया बालिकालाई उनकी आमाले डोरीले बाँधेर छतमा छोडेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियो सोशल मिडिया प्लेटफर्महरूमा भाइरल भएपछि दिल्ली पुलिसले बुधबार सो घटनामा आमालाई पक्राउ गरेको थियो । आमा विरुद्ध बाल न्याय ऐन अन्तर्गत कारबाही थालिएको छ ।

भिडियोमा बालिका चर्को घाममुनि आफूलाई मुक्त गर्न संघर्ष गरिरहेको देखिएकी छिन् ।

प्रहरी स्रोतका अनुसार बालिक कक्षा १ मा अध्ययनरत छिन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments