Sunday, March 3, 2024
Homeमनोरञ्जनगोपीकृष्णका हलहरू भोलीबाट सञ्चालनमा आउने

गोपीकृष्णका हलहरू भोलीबाट सञ्चालनमा आउने

१० चैत, काठमाण्डौ । गोपीकृष्ण मुभिज अन्तर्गतका तीनवटा हलहरू शुक्रबारबाट सञ्चालनमा आउने भएका छन्। गोपीकृष्ण मुभिजले विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो।

दर्शकप्रति पर्न गएको असुविधालाई मध्यनजर गदैँ ओम, नम र शिवाय हललाई मर्मत गरी पुन सञ्चालनमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ।

गत वैशाखमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स निर्माणका लागि साविकको गोपीकृष्ण हल भत्काइएको थियो। जसमध्ये ३ वटा हलहरु भने बाँकी नै थिए। तिनै हललाई मर्मत–सम्भार गरी सञ्चालन गर्न लागिएको हो।

बिहान आठ बजेबाट शुरु हुने शो बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। फिल्मले हलमा दैनिक १२ वटा शो गर्नेछ। भोलि शुक्रवारबाट तिनै हलमा नेपाली फिल्म ‘चिसो एष्ट्रे’ सँगै बलिउड फिल्म ‘द कश्मिर फाइल्स’ र ‘आरआरआरु’ रिलिज हुनेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments