Saturday, April 20, 2024
Homeसमाचारगोली चल्दा गम्भीर घाइते भएकी सिपाही राजवंशीको मृत्यु

गोली चल्दा गम्भीर घाइते भएकी सिपाही राजवंशीको मृत्यु

८ वैशाख, कपिलवस्तु । बुद्धभुमी नगरपालिका गोरुसिङ्गेमा रहेको शमशेर दल गणभित्र गोली चल्दा गम्भीर घाइते भएकी सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजे उनको मृत्यु भएको हो।

हालसम्म गोली कसले चलायो भन्ने पुष्टि नभए पनि उनी आफैँले आफैँमाथि गोली चलाएको बताइएको छ। उनको छातीबाट छिरेको गोली पिठ्युँबाट निस्केको स्रोतले जानकारी दिएको छ।

घटना बारे अनुसन्धान जारी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments