एजेन्सी । चीनमा गएको २४ घन्टामा दुई हजार ६ सय ६६ जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै शङ्घाईका छन् ।
शङ्घाईमा दुई हजार चार सय ७२ जनालाई सङ्क्रमण भएको छ । यस्तै, अन्य सहर बेइजिङ, जिलिन, हेइलोङ्गजियाङ्गलगायत सहरमा सङ्क्रमण फैलिन थालेको छ ।
सङ्क्रमण बढेपछि बेइजिङमा ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण गरिने भएको छ ।
यस्तै, गएको २४ घन्टामा चीनमा कोरोनाका कारण ५१ जनाको ज्यान गएको छ ।