एजेन्सी । क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले आफ्नो बच्चाको मृत्यु भएको जानकारी दिएका छन्।
उनीहरूले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको जानकारी दिएका हुन्। उनले भनेका छन् , ‘ आफ्नो बच्चाको निधनबारे हामीले गहिरो दुःखमा साथ भन्नु परेको छ।’
यसलाई उनीहरूले कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्।
रोनाल्डो अहिले ५ बच्चाका पिता छन् ।
