Sunday, April 14, 2024
Homeबैंक–वित्तजेठमा निक्षेपको ब्याजदर नबढ्ने

जेठमा निक्षेपको ब्याजदर नबढ्ने

२८ वैशाख, काठमाण्डौ । बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् । आउँदो जेठ १ गतेबाट लागु हुने निक्षेपको नयाँ ब्याजदर यथावत् राख्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको हो ।

केही दिनअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आईक्यानले गरेको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्ने भन्दै त्यसका लागि तयार रहन सबै क्षेत्रलाई निर्देशन दिएका थिए ।

राष्ट्र बैंकले नीति परिवर्तन गरेर ब्याजदर बढाउने अवस्था आएमा बढाउनुपर्ने अन्यथा ब्याजदर बढाउँदैमा निक्षेप नबढ्ने भएकाले तत्काल बढाउनुको औचित्य नभएको बैंकर्सहरू बताउँछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments