२७ जेठ, काठमाण्डौ । थाइल्यान्डमा गाँजामाथि लगाइएको प्रतिबन्द हटाइएको छ । गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएसगै प्रतिबन्ध हटेको हो ।
कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै थाइल्यान्डले गाँजामाथिको प्रतिबन्ध हटाएको बीबीसीले जनाएको छ । थाइल्यान्ड गाँजामाथिको प्रतिबन्ध हटाउने दक्षिण–पूर्वी एसियामै पहिलो देश बनेको छ । अब थाइल्यान्डमा गाँजाको खेती गर्न पाइने छ ।
प्रतिबन्ध फुकुवा भएसँगै सरकारले खेती गर्नको लागि नागरिकहरुलाई गाँजाको १० लाख विरुवा वितरण समेत गर्ने भएको छ ।