Saturday, April 13, 2024
Homeमुख्य समाचारधरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

६ भदौ, विराटनगर । सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान-१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो । त्यसयता धरामा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो ।

तर शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

‘संक्रमितको स्वास्थ्य गम्भिर भएपछि प्लाज्मा थेरापीबाट उपचारको प्रयास गरेका थियौं, तर बचाउन सकिएन, उनले भने ।

धरानमा प्लाज्मा थेरापी गरिएको यो दोस्रो केस हो । पहिलो पटक प्लाज्मा दिएका संक्रमित धरानमै उपचाररत छन् ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १५ पुगेको छ । उनीहरुमध्ये १३ जना मोरङका हुन् भने दुई जना सुनसरी धरानका हुन् ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments