६ जेठ, काठमाण्डौ । पाकिस्तानले अति आवश्यक बाहेकका तथा विलासिताका सामानहरूको आयातमा रोक लगाएको छ। पाकिस्तान सरकारले तीन दर्जनभन्दा बढी सामान आयातमा रोक लगाएको हो।
त्यहाँ पनि आर्थिक संकट पर्न सक्ने संकेतहरू देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम अन्तर्गत रोक लगाएको हो।
मन्त्री मारिम औरान्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि संकट आइपर्ने संकेतहरू देखिन थालेको भन्दै यसका लागि देशबासीहरूले त्यसमा सहयोग गर्नुपर्ने बताइन्।
देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको उनको भनाइ छ।