Friday, March 22, 2024
Homeअन्तर्राष्ट्रियपाकिस्तानः एकैपटक ३० रुपैयाँले बढ्यो प्रेट्रोलको मुल्य

पाकिस्तानः एकैपटक ३० रुपैयाँले बढ्यो प्रेट्रोलको मुल्य

२० जेठ, काठमाण्डौ । पाकिस्तानमा प्रेट्रोलको मुल्य एकैपटक ३० रुपैयाँले बढेको छ । त्यहाँका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहिबार एकपटक पेट्रोलको मूल्यमा ३० रुपैयाँ प्रति लिटरका दरले वृद्धि गरेका हुन् ।

यससँगै पाकिस्तानमा एक लिटर पेट्रोलको मुल्य २०९.८६ रुपैयाँ पुगेको छ । अघिल्लो हप्ता मात्रै पाकिस्तानले पेट्रोलको मूल्यमा ३० रुपैयाँ वृद्धि गरेको थियो । पाकिस्तान अन्तरराष्ट्रिय मुद्रा कोषबाट ऋण लिनका लागि आवश्यक शर्त पूरा गर्ने कोसिसमा मूल्य वृद्धि गरिरहेको छ ।

यसबाहेक पाकिस्तान इलेक्ट्रिक पावर रेग्युलेटरी अथोरिटीले बिजुली महसुल महँगो गर्दै ७.९१ रुपैयाँ प्रति युनिटको वृद्धि गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments