Sunday, March 3, 2024
Homeमनोरञ्जनप्रहरी हिरासतमा रहेका अभिनेता पललाई ‘२ नम्बरी’ बाट हटटाउने तयारी

प्रहरी हिरासतमा रहेका अभिनेता पललाई ‘२ नम्बरी’ बाट हटटाउने तयारी

२६ फागुन, काठमाडौँ । बलात्कारको अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका छन् । निर्माण युनिटले उनलाई हटाएर फिल्म पुरा गर्ने तयारी थालेको हो ।

निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको ठाउँमा अर्को कलाकार लिएर काम गर्ने तयारी भएको बताए । लामाका अनुसार पललाइ अहिले हटाएको नभए पनि अर्को कलाकार टुङ्गो लाग्ने बित्तिकै हटाइने छ । पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्मको छायाङ्कन बल्ल अहिले सुरु हुन लागेको हो ।

फिल्मको १ चैत्रबाट छायाङ्कन सुरु हुने निर्माता किरण नेपालीले बताए । काठमाडौंबाट सुरु भएको फिल्मको छायाङ्कन पोखरामा पुगेर रोकिएको थियो । अहिले फिल्मको छायाङ्कन लोकेसन र केही कलाकार पनि फेरिने बताइएको छ । फिल्मका एक कलाकार जयनन्द लामाको निधन भएको छ । उनको ठाउँमा पनि अर्को कलाकार रहनेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments