Monday, June 5, 2023
Homeअर्थतन्त्रबिहीवार दोहोरो अङ्कले ओरालो लाग्यो शेयर बजार

बिहीवार दोहोरो अङ्कले ओरालो लाग्यो शेयर बजार

हिजो बुधवार ६० अङ्कले बढेको शेयर बजार आज बिहीवार फेरि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६२ दशमलव ८६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ४२ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको ६ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सिंगटी हाइड्रो र समिट लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments