Tuesday, November 29, 2022
Homeअन्तर्राष्ट्रियभारतद्वारा श्रीलंकालाई ३.३ टन स्वास्थ्य सामग्री हस्तान्तरण

भारतद्वारा श्रीलंकालाई ३.३ टन स्वास्थ्य सामग्री हस्तान्तरण

भारतले श्रीलंकाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री फेरि पठाएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीतिअनुसार श्रीलंकालाई पुनः स्वास्थ्य सामग्री पठाइएको हो ।

आर्थिक संकटमा परेको श्रीलंकालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ। कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलंकाका प्रतिनिधिहरूलाई ती सामग्री शुक्रबार हस्तान्तरण गरेका हुन्।

आर्थिक संकटका कारण स्वास्थ्य सामग्री किन्न नसकेका र देशभित्र पनि अत्यधिक मूल्यवृद्धि भएकोलगायतका कारणले श्रीलंकाले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments