Tuesday, April 23, 2024
Homeअन्तर्राष्ट्रिययुक्रेनलाई नो फ्लाई जोन बनाउन राष्ट्रपति जेलेन्स्कीको आग्रह

युक्रेनलाई नो फ्लाई जोन बनाउन राष्ट्रपति जेलेन्स्कीको आग्रह

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन बनाउन अमेरिकी कंग्रेसका करिब ३०० सदस्यलाई आग्रह गरेका छन्।

नो फ्लाई जोनको अर्थ त्यस क्षेत्रमा कुनै पनि विमान जान पाउँदैन। यसो गर्दा कुनै पनि हमला वा निगरानी रोक्न सकिने मान्यता छ।

साथै जेलेन्स्कीले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गर्दै रुसी सेनासँग प्रतिस्पर्धा गर्न रुस निर्मित लडाकु विमान दिन पनि आग्रह गरे। युक्रेनी पाइलटहरूलाई यी विमान कसरी सञ्चालन गर्ने भन्ने बारे जनकारी भएको उनको भनाइ छ ।

जेलेन्स्कीले अतिरिक्त सैन्य सहयोग र मानवीय सहायताको आवश्यकतामा कांग्रेसका सदस्यहरूको ध्यानाकर्षण पनि गराएका थिए । तर, अमेरिकी सिनेटले उनका दुईवटा अनुरोध अस्वीकार गरेका छन्। जसमा नो–फ्लाई जोनको र रुसबाट तेल किन्न प्रतिबन्ध लगाउने माग अस्वीकार गरिएको छ किनकि यसले नेटो सदस्य राष्ट्रहरूलाई रूससँग प्रत्यक्ष लडाइँमा संलग्न हुने बाटो खोल्न सक्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments