एजेन्सी । रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ ।
डल्फिनलाई युक्रेनी विशेष बलहरूविरुद्ध ‘काउन्टर–डाइभर अपरेसन’ को लागि प्रयोग गर्न सक्ने युएसएनआईले भनेको छ । युक्रेनी विशेष फौजले बन्दरागहमा क्षति पुर्याउन सक्ने अनुमानमा डल्फिलन परिचालन गरिएको बताइएको छ ।
रिपोर्टअनुसार सेभास्टोपोल बन्दरगाहमा धेरै रूसी नौसेना युद्धपोतहरू तैनाथ गरिएका छन् । उत्तरी जलसेनाको आधारमा उसले बेलुगा ह्वेल र सिलहरू राखेको छ । बेलुगा ह्वेलहरू ‘समुद्री जासुसी’ को रुपमा प्रयोग हुन्छन् ।
सन् २०१८ मा सिरियाली युद्धका क्रममा रुसले टार्टस नौसेना आधारमा पनि डल्फिन प्रयोग गरेको थियो ।
रुस र युक्रेनबीच पछिल्लो दुई महिनादेखि युद्ध चलिरहेको छ । यी २ महिनामा रुसले युक्रेनका धेरै ठूला सहर ध्वस्त पारेको छ ।