एजेन्सी । श्रीलङ्कामा प्रदर्शनले उग्र रुप लिएपछि देशभर नै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । सम्पूर्ण सुरक्षा बल तैनाथ गरिएको छ ।
सरकारले देशव्यापी कर्फ्यु लगाएको छ । तर आगजनी र आक्रमणका घटना रोकिएका छैनन् । विपक्षीहरुले सेनाले सत्ता कब्जा गर्ने बहाना खोजेर आन्दोलन दबाउन खोजेको आरोप लगाएका छन्। सेनाले त्यस्तो कुनै पनि कदम नचाल्ने जनाएको छ ।
आन्दोलनकारीले राष्ट्रपति गोटाबाय राजपाक्षेको राजीनामाको माग गरेर प्रदर्शन बढाएका छन् ।