Friday, April 19, 2024
Homeराजनीतिसरकार खोज्दै लगानीकर्ताको लाल्टिन जुलुस, कोइरालाको अनशनलाई समर्थन गर्दै दलका नेताहरु

सरकार खोज्दै लगानीकर्ताको लाल्टिन जुलुस, कोइरालाको अनशनलाई समर्थन गर्दै दलका नेताहरु

पुँजी बजार सुधारका लागि अनशन बसेका लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइरलालाई समर्थन गर्दै लगानीकर्ताहरुले लाल्टिन जुलुस निकालेका छन् । बिगत तीन दिनदेखि नेपाल धितोपत्र बोर्ड अगाडि अनशन बसिरहेका संयोजक कोइरालाले राखेका माग पूरा गर्न सरकार असमर्थ भएपछि सरकार कहाँ छ भन्दै ब्याङगात्मक रुपमा लगानीकर्ताहरुले लाल्टिन जुलुस निकालेका हुन् ।

लगानीकर्ताले बोर्ड अगाडिबाट सातदोवाटोसम्म लाल्टिन र प्याम्प्लेट बोकी चर्को नारा लगाउँदै पुगेका छन् ।

लगानीकर्ताहरुले ‘स्थिर ब्याजदर लागु गर,’ ‘४÷१२ को नीति खारेज गरे,’ ‘नीतिगत भ्रष्टाचार अन्त्य गर’ जस्ता नारा लगाएर प्रर्दशन गरिरहेका छन् ।

अनशनरत कोइरालाको मागप्रति समर्थन जनाउँदै राजनीतिक दलका नेता पनि उनी अनशनरत स्थल पुगेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अनशनरत कोइरालाई भेट गरेका छन् । यसैगरी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहलगायतका व्यक्तिहरु अनशनरत कोइरालाई भेट गरेका छन् ।

लगानीकर्ताहरुले राखेका माग पुरा गराउन मुलुकभरका लगानीकर्ता एक जुट भएका छन् । पोखरा, गुल्मी, पर्बत, मोरङ लगायतका लगानीकर्ताहरु पनि १९ बुँदे माग लिएर जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइसकेका छन् । पुँजी बजार सुधारका लागि १९ बुँदे माग सहितको काठमाडौंमा भइरहेको आन्दोलनलाई समर्थन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका ज्ञापनपत्र बुझाएका हुन् ।

लगानीकर्ता सँघर्ष समितिले १९ बुँदे माग राखेर गत सातादेखि नै आन्दोलन जारी राख्दै आएको छ । समितिले धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाउदै आन्दोलनको सुरुवात गरेको थियो । सो पश्चात दैनिक रुपमा नै लगानीकर्ताले माइतिघर र सातदोवाटोमा विरोध प्रदर्शनी जारी राख्दै आएका छन् ।

असार १ गतेदेखि भने लगानीकर्ता तिलक कोइराला धितोपत्र बोर्ड अगाडि आमरण अनशनमा बसेका छन् । उनले आफ्नो माग पुरा नभएसम्म आनशन नछोड्ने बताएका छन् ।

संघर्ष समितिले आयोजना गरेको उक्त आन्दोलनमा लगानीकर्ताका अन्य संघ संगठनहरुले पनि समर्थन जनाएका छन् ।

समितिले केन्द्रीय बैंकले शेयर धितो कर्जामा लगाएको ४ र १२ को सिमालाई संशोधन गर्नुपर्ने, सिडि रेशियो हटाएर सिसिडि रेशियो नै कायम गर्नुपर्ने, शेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने लगायतका १९ बुँदे माग राखेर आन्दोलन थालेका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments