सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। इन्धनको भाउ बढेको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागका अनुसार पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ । पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा बढाएको हो ।
विभागले अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढाएको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ।