Thursday, September 28, 2023
Homeसेयर बजार१८ सय विन्दुमा झर्यो नेप्से

१८ सय विन्दुमा झर्यो नेप्से

शेयर बजारलाई अर्थतन्त्रको महत्वपूर्ण सूचक(ऐना)को रुपमा हेर्ने गरिन्छ । शेयर बजारको स्थायित्व र संस्थागत सवलताले लगानीकर्ताको मात्रै होइन समग्र अर्थतन्त्रको समुन्नतीको प्रतिनिधित्व गर्छ ।

लामो समयदेखि नेपाली शेयर बजारमा निरन्तर गिरावट आइरहेकको छ । गत भदौदेखि घट्दो क्रममा रहेको शेयर बजार बढ्ने आशा लगानीकर्तामा थियो । तर, अहिले लगानीकर्ताको आशा विपरित शेयर बजार लगातार घट्दो क्रममा देखिएको छ । यसले गर्दा लगानीकर्ताहरु निराश बनेका छन् । गत भदौ महिनामा ३२ सय विन्दुमाथि पुुगेको नेपाली शेयर बजार निरन्तर घटेर आजसम्म आइपुुग्दा १८ सय विन्दुुभन्दा तल झरिसकेको छ । 

घट्दो शेयर बजारबारे संसदमा समेत बहस हुन थालेको छ । केहि दिन अघिको संसद बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले ४० लाख लगानीकर्ता सडकमा आउने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले संसदमा भनेका थिए, ‘प्रत्येक दिन १०/१५ जना व्यक्ति शेयर बजारको बिषयमा गुनासो लिएर आउने गरेका छन् । दुःख गरेर दुई पैसा जम्मा गरेर मान्छेहरुले शेयर बजारमा लगानी गरेका छन । कोही झुन्डेर मर्छु भनिरहेका छन् भने कोही सडकमा आइपुग्यौ भनेर हारगुहार गरिरहेको अवस्था छ ।

अस्थिर नीतिका कारण शेयर बजारमा हतास आएको बताउँदै थापाले भनेका थिए, ‘समान्य अवस्थामा शेयरबजार तलमाथि हुन्छ । यो नियमित प्रक्रिया पनि हो । लगानी गर्नेले यो कुरा बुझनु पनि पर्छ । तर, कुनै अस्थिर नीतिका कारण बजारमा आएको हतासले अहिले विद्यमान र सम्भाव्य सबै लागानीलाई निरुत्साहित गर्छ । बजारमा रहेको तरलता अभावले शेयर बजारमा समस्या ल्याउनु स्वभाविक हो । तर, राष्ट्र बैकमा लिइरहेको शेयर कर्जालाई संकुचन गर्ने नीतिको कारण यस्तो अवस्था आयो भनेर आवाज उठिरहेका छन् । त्यसैले शेयर बजारको बिषयमा यो संसदमा ध्यान आकृष्ट हुनै पर्छ । 

नीतिकै कारण लाखौं लगानीकर्ता सडकमा आइपुगेका छन यसको भार हाम्रो अर्थतन्त्रले थैग्न नसक्ने थापाको भनाई थियो । उनले प्रश्न गर्दै संसदमा भनेका थिए, ‘घरघरमा विल्लीबाठ हुँदै गर्दा भोलि गएर यो बिषयले हामीलाई पिरोल्ला कि नपिरोल्ला ? 

नेपाली शेयर बजारमा लगातार गिरावट आएपछि लगानीकर्ता आन्दोलित बनेका छन् । अहिले नेपाली लगानीकर्ताहरु विभिन्न ठाउँमा आन्दोलन गर्नेदेखि धर्नादिदै अनशन समेत बसेका छन् । नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले अहिले लगानीकर्ताहरुले बजार बढाउनलाई भन्दा पनि पुँजी बजार सम्बन्धीका नीति सुधार गर्न आन्दोलन गरेको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments