Wednesday, May 15, 2024
Homeरोजगार१ लाख म्यादी प्रहरीको माग

१ लाख म्यादी प्रहरीको माग

२ चैत, काठमाण्डौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार एक लाख जना म्यादी प्रहरीको लागि विज्ञापन खुलाएको छ । इच्छुक नागरिकले यही चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सक्नेछन् । आवदेन फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको र ५४ नमागेको हुनु पर्छ साथै फारम जिल्ला स्थित जिल्ला प्रहरी कार्यलयमा उपलब्ध हुनेछ।

‌छनोट भएका उमेरदवरले निर्वाचन अबधिभर बढीमा ४० दिन काम गर्नुपर्ने साथै छनोट भएका उम्मेदवारले ३० हजार २४० रुपैयाँसम्म तलब, सात हजार २०० रुपैयाँ खाद्यान्न र ६ हजार रुपैयाँ पोषाक तथा अन्य सामान खरीदका लागि प्राप्त गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments