Thursday, June 8, 2023
Homeसेयर बजार ४० लाख लगानीकर्ता सडकमा आउने अवस्था बन्योः गगन थापा

 ४० लाख लगानीकर्ता सडकमा आउने अवस्था बन्योः गगन थापा

गगन थापा

विश्वव्यापी रुपमा शेयर बजारलाई अर्थतन्त्रको महत्वपूर्ण सूचकको रुपमा हेर्ने गरिन्छ । शेयर बजारको स्थायित्व र सवलताले लगानीकर्ताको मात्रै होइन समग्र अर्थतन्त्रको समुन्नतिकाे प्रतिनिधित्व गर्छ ।

तर, विगत लामो समयदेखि नेपालको शेयर बजार अस्थिर रहदै आएको छ । २०७८ भदौ २८ गते ३१ सय विन्दू माथि पुगेको नेप्से परिसूचक हिजो १९ सय तल झरेको छ । यस्तो परिघटनाले शेयरबजारको विश्वासनियतामा नकारात्मक प्रभाव पर्ने नै भयो । यो सँगसँगै धेरै साना लगानीकर्ता डुबेका पनि छन् ।

प्रत्येक दिन १५/१० जना व्यक्ति शेयर बजारको बिषयमा गुनासो लिएर आउने गरेका छन । काठमाडौंका मात्रै होइन साना साना शहरका मान्छे पनि आउने गरेका छन ।

दु:ख गरेर दुई पैसा जम्मा गरेर मान्छेहरुले शेयर बजारमा लगानी गरेका छन । कोही झुन्डेर मर्छु भनिरहेका छन् भने कोही सडकमा आइपुग्यौ भनेर हारगुहार गरिरहेको अवस्था छ ।

समान्य अवस्थामा शेयरबजार तल माथि हुन्छ । यो नियमित प्रक्रिया पनि हो । लगानी गर्नेले यो कुरा बुझनु पनि पर्छ । तर, कुनै अस्थिर नीति कारण बजारमा आएको हतासले अहिले विद्यमान र सम्भाव्य सबै लागानीलाई निरुत्साहित गर्छ ।

बजारमा रहेको तरलता अभावले शेयर बजारमा समस्या ल्याउनु स्वभाविक हो । तर, राष्ट्र बैकमा लिइरहेको शेयर कर्जालाई संकुचन गर्ने नीतिको कारण यस्तो अवस्था आयो भनेर आवाज उठिरहेका छन् ।
त्यसैले शेयर बजारको बिषयमा यो संसदमा ध्यान आकृष्ट हुनै पर्छ । म आग्रह गर्न चहान्छु, शेयर बजारको स्थायित्व कायम गर्न र शेयर बजार माथि विश्वास कायम गर्न अर्थमन्त्रालय,नेपाल राष्ट्र बैंक तथा धितोपत्र वोर्ड जस्ता नियामनकारी निकायले के कस्ता काम गरिरहेका छन् सो सम्बन्धमा सदनलाई जानकारी गराउनुपर्छ ।

साना लगानीकर्ताहरुको सुरक्षाको निम्ती के कस्तो काम भइरहेको छ जानकारी गराइयोस् । निजी क्षेत्रको रियल सेक्टर र अन्तराष्ट्रिय लगानीकर्तालाई पनि नेपालको धितोपत्र बजारमा ल्याएर अर्थतन्त्रलाई फराकिलो बनाउनुपर्ने बेलामा धितोपत्र बजारमा यति ठुलो हतासा आउनु सकारात्मक होइन ।

धितोपत्र बजारको नीति दिगो, अर्थतन्त्रलाई सवलीकरण गर्ने खालको होस् । साना लगानीकर्ता भनेको आम मानिसहरु हुन । आम मानिसहरुलाई हिजो हामीले शेयरबजारको जोखिमको बारेमा सुसूचित नगिरिएको कारणले आजको अवस्था आएको हो ।

लगानीकर्ताका लागि यो समयमा यस्तो राहत दिन्छौं भनेर सरकारले नभने कै कारण नेपालको शेयर बजारमा यस्तो नकारात्मक अवस्था आएको हो । यस्तो गम्भीर बिषयमा सरकार पनि जिम्मेवार छ ।

शेयरबजारलाई ठीक ठाउँमा ल्याउनै पर्छ । सहि दिशामा ल्याउनै पर्छ । तर, नीतिकै कारण ४० लाख लगानीकर्ता सडकमा आइपुगेका छन यसको भार हाम्रो अर्थतन्त्रले थैग्न सक्दैन ।

घरघरमा विल्लीबाठ हुँदै गर्दा भोलि गएर यो बिषयले हामीलाई पिरोल्ला कि नपिरोल्ला ? त्यसैले सदनलाई यो बिषयमा जानकारी गराइयोस् ।

(कांग्रेस महामन्त्री गगन थापाले प्रतिनिधि सभामा राखेको बिचार)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments