Saturday, April 20, 2024
Homeअन्तर्राष्ट्रियअफगानिस्तानमा बम विस्फोट हुदाँ १६ जनाको मृत्‍यु, ५८ घाइते, ३२ जनाको अवस्था...

अफगानिस्तानमा बम विस्फोट हुदाँ १६ जनाको मृत्‍यु, ५८ घाइते, ३२ जनाको अवस्था गम्भीर

एजेन्सी । अफगानिस्तानका २ वटा सहरमा भएको बम विस्फोटमा परी १६ जनाको मृत्‍यु भएको छ । अन्य ५८ जना घाइते छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजाजिराले जानकारी गराएअनुसार अफगानिस्तानको मजर ए सरिफ बाल्ख राज्यमा अवस्थित शिया मस्जिदमा भएको विस्फोटमा १२ र कुन्डुज सहरमा भएको विस्फोटनमा ४ गरी १६ जनाको मृत्‍यु भएको हो ।

यस्तै विस्फोटनमा परी घाइते भएका ५८ जनामध्ये ३२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

हालसम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments