Thursday, April 18, 2024
Homeअटाे बजारअब अनलाइनबाटै कमर्सियल सवारी किनबेच, शशीलाले ल्यायो वेबसाइट

अब अनलाइनबाटै कमर्सियल सवारी किनबेच, शशीलाले ल्यायो वेबसाइट

२३ साउन, काठमाडौं । नेपालमा पहिलोपटक कमर्सियल सवारीहरुका ई-कमर्स साइट सार्वजनिक भएको छ । शशीला मोटर्सले नयाँ तथा पुराना दुबै खालका सवारी खरिद-बिक्री गर्न सक्ने गरी वेबसाइट shasheelamotors.com  लन्च गरेको हो । अब नलाइनमै बसेर व्यवसायिक सवारीहरु किनबेच गर्न बाटो खुलेको छ ।

यो वेबसाइटमा गएर ग्राहकले आफूले चाहेका नयाँ तथा पुराना सवारी किन्न मात्रै सक्न छैनन्, आफ्नो पुरानो सवारी पनि बिक्री गर्न सक्नेछन् ।

शशीला मोटर्सले अनलाइनमार्फत टाटा मोटर्सको मध्यम क्षमतासम्मका व्यवसायिक सवारी बिक्री गर्दै आएको छ ।

शशीला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाका अनुसार प्यासेन्जर भेहिकल किनबेच गर्ने प्लेटर्फम भएपनि व्यवसायिक सवारीको किनबेचका लागि कुनै प्लेटर्फम नभएकाले शशिलाले यस्तो पहल लिएको बताउँछन् ।

‘यो कमर्सियल सवारीको किनबेचका लागि अनलाइन वानस्टप सोलुसन हो,’ उनी भन्छन्,’अब घरमै बसेर ग्राहले आफूलाई चाहिएको सवारी छानी-छानी किन्न पाउनछन् ।’

आफ्नो पुरानो सबै ब्रान्डमा सबै खालका व्यवसायिक सवारी बिक्रीका लागि पनि वेबसाइटमा ‘सेल’ अप्सन दिइएको छ । ग्राहकले त्यो अप्सनमा गएर आफ्नो सवारीको सामान्य विवरण राखेपछि कम्पनीका मूल्यंकन विज्ञ सवारीको मूल्यांकन गर्न सवारी हेर्न पुग्नेछन् ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments