Saturday, April 20, 2024
Homeबैंक–वित्तअब एन.एम.बी बैकका अधिकाशं सुविधा अनलाइनबाटै लिन मिल्ने

अब एन.एम.बी बैकका अधिकाशं सुविधा अनलाइनबाटै लिन मिल्ने

४ चैत, काठमाण्डौ ।एनएमबी बैंकले अनलाइनबाट विभिन्न सेवा उपलब्ध गराउने योजना ल्यएको छ । जस अन्तर्गत भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन सुविधा लिन सकिने भएको हो ।

एनएमबी बैंक नेपाली बैंकिङ्ग जगतमै शुरूदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया शुरू गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।


ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआई बैंकिङ्ग गतिविधि सञ्चालन गर्न सक्ने भएका छन् । हालको परिवेशमा यस प्रकारको सेवाले ग्राहकका लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ्ग सेवा प्रदान गर्न सकिने बैंकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments