Friday, April 19, 2024
Homeसमाचारअब चीन र भारतको समुद्री बन्दरगाहबाट सिधै काठमाडौंमा सामान आउने

अब चीन र भारतको समुद्री बन्दरगाहबाट सिधै काठमाडौंमा सामान आउने

२३ चैत, काठमाण्डौ । चोभारस्थित सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै छिमेकी मुलुक भारत र चीनको समुद्री बन्दरगाहबाट सिधै मालसामान बोकेका कन्टेनर काठमाडौं आउन बाटो खुलेको छ । काठमाडौं उपत्यकाको चोभारमा अवस्थित सुख्खा बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएसँगै व्यवसायीले अन्तर्राष्ट्रिय बन्दरगाहबाट सिधै काठमाडौंमै मालसामान ल्याउन पाउने भएका हुन् ।

अब स्वदेशी वस्तु निर्यात पनि यही बन्दरगाहबाट नै गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले गत १५ चैतमा विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुनेगरीसमेत गर्न सकिने तथा अन्य भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भइसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार बिन्दु परिवर्तन गर्न सकिने व्यवस्था गरिसकेको थियो ।

निर्माण सम्पन्न भएको आधा वर्षपछि सो राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुख्खा बन्दरगाह मंगलबारबाट औपचारिक सञ्चालनमा आएको हो ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments