Thursday, March 28, 2024
Homeमनोरञ्जनअभिनेता पलविरुद्ध १४ वर्ष कैद सजायको माग

अभिनेता पलविरुद्ध १४ वर्ष कैद सजायको माग

४ चैत, काठमाण्डौँ । गण्डकीको नवलपुर जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार अभिनेता पल शाहविरुद्ध बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले उनलाई १४ वर्ष कैद सजायको माग गर्दै मुद्धा दायर गरेको हो ।

अभिनेताविरुद्ध अनुसन्धानको नेतृत्व गरेका जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार सबै कोणबाट अपराधको प्रमाण जुटेको जनाइको छ ।

पल शाहले नाबालिगलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि तनहुँमा प्रहरीले सोधपुछ गरिरहेको अवस्थामा हालै नवलपुर जिल्ला प्रहरी कार्यालयमा पनि उनीविरुद्ध यस्तै अर्को उजुरी परेको थियो ।

साहले बालिकालाई विभिन्न ठाउँमा पटक–पटक बलात्कार गरेको भन्दै एउटै नाबालकका अभिभावकले दुई जिल्लामा उजुरी दिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments