Thursday, April 25, 2024
Homeसमाचारअर्थमन्त्रीको पहलमा सेयर बजारका समस्या समाधान गर्न भन्दै फेरि समिति गठन

अर्थमन्त्रीको पहलमा सेयर बजारका समस्या समाधान गर्न भन्दै फेरि समिति गठन

२५ जेठ, काठमाण्डौ । सेयर बजारका समस्या समाधान गर्न भन्दै फेरि समिति गठन भएको छ । अर्थमन्त्री जनार्दन शर्माको पहलमा अर्थ अर्थमन्त्रालयका उपसचिव, धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा एक प्रतिनिधि र राष्ट्र बैंकका प्रतिनिधि रहनेगरी समिति गठन भएको हो ।

समितिले सेयर लगानीकर्ताले उठाउँदै आएका समस्या समाधान गर्नका लागि अध्ययन गरी उपयुक्त सुझाव दिनेछ ।

सेयर बजारका समस्या समाधानका लागि कुनै प्रयास नगरिएको भन्दै लगानीकर्ताका विभिन्न संघहरुले सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments