Friday, March 29, 2024
Homeसमाचारउदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

१६ जेठ, काठमाण्डौ । उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे २ बजे कटारी नगरपालिक-१४ भदौरेस्थित सिद्धिचरण राजमार्गमा दुर्घटना भएको हो ।

पथलैयाबाट सिमेन्ट लोड गरी सोलु हाइड्रोपावरको लागि जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक दुर्घटनामा परेको हो।

ट्रक अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।

मृतकहरू चालक बारा सिम्रौनगढ उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय सुदिप घलान, सहचालक २५ वर्षीय निकेश खड्का, १७ वर्षीय अनोज लामा र ३७ वर्षीय राजन तामाङ छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments