Thursday, March 28, 2024
Homeसमाचारओरालो लागेको शेयर बजारमा सुधार, १३ अंकले बढ्यो नेप्से

ओरालो लागेको शेयर बजारमा सुधार, १३ अंकले बढ्यो नेप्से

६ वैशाख, काठमाण्डौ । नयाँ वर्ष २०७९ लागेदेखि एक सातासम्म निरन्तर ओरालो लागेको शेयर बजारमा मंगलवार सुधार भएको छ । नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ अंकमा पुगेको हो ।

बजार बढेको भए पनि २२९ कम्पनीका ३२ लाख २३ हजार कित्ता शेयरको २७ हजार पटक मात्रै कारोबार भएको छ । यसबाट १ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको छ ।

बजार बढेको दिन दुई कम्पनीको नेस्डो लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज शिवश्री हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य पनि ४.२९ प्रतिशतसम्मले बढेको छ ।

बजार बढेको दिन गुमाउने कम्पनीहरूमा दिव्यश्वरी हाइड्रोपावर, कालीका लघुवित्त वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स, स्वावलम्बन लघुवित्तसहितका कम्पनी छन् । यी कम्पनीको शेयर मूल्य ८.८२ प्रतिशतसम्मले घटेको छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments