Friday, March 29, 2024
Homeसमाचारकपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

९ जेठ, काठमाण्डौ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ सौनहवामा आइतबार बेलुकी दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ७५ प ४१३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको तीन जना सवार लु ८ प १५०२ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका १५०२ नम्बरको मोटरसाइकल चालक कृष्णनगर नगरपालिका–१० बकौलीका २२ वर्षीय राजेशलाल चौरसियाको उपचारका क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments