Thursday, April 25, 2024
Homeराजनीतिकांग्रेसका वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

कांग्रेसका वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

९ वैशाख, काठमाण्डौ । कैलालीमा नेपाली कांग्रेसका वडा सभापतिसहितका ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहले राजिनामा दिएका हुन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशिल सदस्यहरुले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् ।

‘विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटिका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशिल सदस्यबाट राजीनामा दिदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments