Friday, April 19, 2024
Homeरोजगारकोरिया जाने पर्खाइमा रहेका नेपालीलाई छिटै जाने वातावरण सिर्जना गर्न कोरियाली पक्षसँग...

कोरिया जाने पर्खाइमा रहेका नेपालीलाई छिटै जाने वातावरण सिर्जना गर्न कोरियाली पक्षसँग मन्त्री श्रेष्ठको अपिल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपालीलाई छिटै जाने वातावरण सिर्जना गर्न कोरियाली पक्षसँग अपिल गरेका छन् ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा सोमबार कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट वार्तामा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्यामा नेपाली युवाहरु रहेकोले छिटो लैजाने वातावरण बनाउन आग्रह गरेका हुन् ।

मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रवन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरेका छन् । अहिले महंगोमा चार्टर उडानमार्फत नेपाली कोरिया गइरहेका छन् । व्यावसायिक उडान खुला भएपछि कम शुल्कमा जान पाउनेछन् ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९ सय ८४ जना गइसकेका छन् भने मार्च १६ गते १ सय ७० जना जानेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments