Friday, April 19, 2024
Homeसमाचारगृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्ने तयारी, पहिलोपटक शिक्षकलाई पनि...

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्ने तयारी, पहिलोपटक शिक्षकलाई पनि राखिने

१९ जेठ, काठमाण्डौ । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो।

बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ। यसै गरी मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ। मर्यादाक्रमको छैटौँ स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ।

हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ। यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments