Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियचर्को घाममा श्रमिकलाई काममा लगाउन कतार र कुवेतद्वारा प्रतिबन्ध

चर्को घाममा श्रमिकलाई काममा लगाउन कतार र कुवेतद्वारा प्रतिबन्ध

खाडि क्षेत्रमा अत्याधिक गर्मी बढेको कारणले दुई मुलुकले चर्को भाममा श्रमिकहरुलाई काममा लगाउन प्रतिबन्ध लगाएका छन् । खाडिका दुई मुलुक कतार र कुवेतले गर्मी महिनामा काम गर्ने समय तोक्दै उक्त प्रतिबन्ध लगाएका हुन् ।

कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले गर्मी बढेसँगै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरूका लागि १ जूनदेखि १५ सेप्टेम्बरसम्म समय सीमा तोकेको हो । जसअनुसार कम्पनीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काममा लगाउन पाइने छैन। यो निर्णयले प्रत्यक्ष घाममा काम गराउने कम्पनी र संस्थाहरू दैनिक काम गर्ने घण्टा निर्दिष्ट गर्न बाध्य हुनेछन् ।

कतारमा १ जुनदेखि १५ सेप्टेम्बरसम्म बिहान १० देखि ३ : ३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ । उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतरा हुने कारण कतार सरकारले घाममा काम लगाउन प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई भनेको छ। सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ। यस्तै श्रमिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम छ।

कुवेतमा सोही नियम लागू भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावरले चर्को घाममा काम गर्नको लागि रोक लगाउने निर्णय गरेको म्यानपावरलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यो निर्णय १ जुनदेखि ३१ अगस्टसम्म लागू हुनेछ । निर्णय अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्ला क्षेत्रहरुमा श्रमिकलाई काममा लगाउन पाइने छैन । कुवेतका विभिन्न क्षेत्रमा करिब ७० हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ ।

प्रचण्ड गर्मीमा काम गर्ने कादारहरुलाई धेरै चिसो नखान र धेरै चिसोमा नसुत्न आग्रह गरिएको छ । तर अधिकांश कामदार न्यूनतम तापक्रममा सुत्ने गरेका कारण अल्पायुमै मृत्यु हुने गरेको छ । त्यस्ता कामदारको हृदयगति बन्द भई ‘सुतेको सुत्यै’ मृत्यु हुने गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments