Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियचर्चित भारतीय गायक कृष्णकुमार कुन्नथको निधन

चर्चित भारतीय गायक कृष्णकुमार कुन्नथको निधन

१७ जेठ, काठमाण्डौ । भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो ।

कोलकाताको एउटा कार्यक्रममा पुगेका केकेको हृदयघातका कारण निधन भएको डाक्टरको प्रारम्भिक अनुमान छ । तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका केके कोलकाताको गुरुदास कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुगेका थिए ।

केकेले बलिउड फिल्मका धेरै गीत गाएका छन् । ‘हम दिल दे चुके सनम’ ‘तडप तडप के इस दिल से’ ‘ओम शान्ति ओम’ लगायत उनका चर्चित गीत रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments