Friday, March 29, 2024
Homeसमाचारचुनाव प्रचारमा हिडेको जीपको छतबाट खसेर मृत्यु !

चुनाव प्रचारमा हिडेको जीपको छतबाट खसेर मृत्यु !

२४ वैशाख, दाङ । चुनाव प्रचारमा गुडिरहेको जीपको छतबाट खसेर सल्यान कालिमाटी गाउँपालिका २ दानीचौरका १८ वर्षीय खुमराज थापाको ज्यान गएको छ ।

चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जीपको छतबाट आज शनिवार बिहान ११ बजे खसेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रममा ज्यान गएको हो ।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र घर्तीमगर सहितको टोलिले उक्त जीप चुनावी प्रचारप्रसारमा प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments