Friday, April 26, 2024
Homeराजनीतिचौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुदाँ ५ घाइते

चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुदाँ ५ घाइते

२९ वैशाख, रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडानम्बर १० मा बुधबार राति माओवादी केन्द्रका उम्मेदवार कुटिएका छन् । कांग्रेसका कार्यक्रताले माओवादीका वडा सदस्यका उम्मेदवारसहित पाँच जनामाथि कुटपिट गरेका छन् । मााओवादी केन्द्रको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढासहित जुद्धबहादु घर्ती, कमल केसी, हरिबहादुर रोकाय र सौगात रोकायलाई कुटपिट गरेका हुन् ।

अरु वडाका मान्छेहरु समेत बोलाएर कांग्रेसका वडाध्यक्षका उम्मेदवार गणेशमान डाँगी नेतृत्वको टोलीले आफूहरुमाथि कुटपिट गरेको घाइतेहरुको आरोप छ ।

घटनामा घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भैरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments